अमेरिकाको सेयर मूल्यमा गिरावट, कारण के ? 

काठमाडौँ । अमेरिकी सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात गरिने विदेशी कारहरुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा गिरावट आएको हो ।  विदेशी आयातित कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अप्रिल १ देखि लागू हुनेछ ।  ट्रम्पको यस्तो घोषणापछि बुधबार मात्रै जनरल मोटर्सका शेयरमा ३ […]

Mar 27, 2025 - 07:11
 0
अमेरिकाको सेयर मूल्यमा गिरावट, कारण के ? 

काठमाडौँ । अमेरिकी सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात गरिने विदेशी कारहरुमा २५ प्रतिशत कर लगाउने घोषणा गरेसँगै अमेरिकी सेयर बजारमा गिरावट आएको हो । 

विदेशी आयातित कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अप्रिल १ देखि लागू हुनेछ । 

ट्रम्पको यस्तो घोषणापछि बुधबार मात्रै जनरल मोटर्सका शेयरमा ३ प्रतिशत र जिप र क्रिसलर उत्पादक कम्पनी स्टेलान्टिसका शेयरहरूमा झन्डै ३.६ प्रतिशतले गिरावट देखिएको थियो । यसले समग्र अमेरिकी सेयर बजारमा गिरावट देखिएको छ ।

यद्यपि उक्त निर्णयले अमेरिकाको उत्पादन क्षेत्रलाई मजबुत बनाउने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई छ । अर्कोतर्फ अमेरिकाको राजस्वमा वार्षिक १०० अर्ब डलरको वृद्धि हुने पनि ट्रम्पले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register