गृहमन्त्रीले राजिनामा नदिए माओवादीले संसद् चल्न नदिने ! 

काठमाडौँ । माओवादी केन्द्रले गृहमन्त्रीको राजिनामा नआएसम्म संसद् चल्न नदिने भएको छ । भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म माओवादीले संसद् चल्न नदिने भएको हो ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजिनामा नदिँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो ।  बैठकले गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद्मा […]

May 30, 2025 - 08:32
 0
गृहमन्त्रीले राजिनामा नदिए माओवादीले संसद् चल्न नदिने ! 

काठमाडौँ । माओवादी केन्द्रले गृहमन्त्रीको राजिनामा नआएसम्म संसद् चल्न नदिने भएको छ । भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म माओवादीले संसद् चल्न नदिने भएको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजिनामा नदिँदासम्म संसद् चल्न नदिने निर्णय गरेको हो । 

बैठकले गृहमन्त्रीले राजिनामा नदिएसम्म संसद्मा अवरोध कायम राख्ने निर्णय भएको माओवादीका एक नेताले बताएका छन् । भिजिट भिसा प्रकरणमा नाम मुछिएपछि गृहमन्त्रीले अनुसन्धानका लागि राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने माओवादीको निष्कर्ष छ । 

भिजिट भिसा प्रकरणमा नाम मुछिएसँगै माओवादी लगायतका विपक्षी दलहरुले संसद्मा अवरोध गर्दै आएका छन् । उनीहरुले गृहमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने माग राखेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register