एएफसी महिला एसिया कप छनोट : नेपाल समूह ‘एफ’मा

काठमाडौं । एएफसी महिला एसिया कप फुटबल छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार सम्पन्न ‘ड्र’ पश्चात सबै सहभागी राष्ट्रको समूह टुङ्गो लागेको हो । समूह ‘एफ’ मा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् । ३४ टोलीहरूलाई ४/४ वटा गरी छ समूह र पाँच–पाँच टोलीलाई २ समूहमा विभाजन गरिएको […]

Mar 27, 2025 - 08:53
 0
एएफसी महिला एसिया कप छनोट : नेपाल समूह ‘एफ’मा

काठमाडौं । एएफसी महिला एसिया कप फुटबल छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार सम्पन्न ‘ड्र’ पश्चात सबै सहभागी राष्ट्रको समूह टुङ्गो लागेको हो । समूह ‘एफ’ मा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का छन् ।

३४ टोलीहरूलाई ४/४ वटा गरी छ समूह र पाँच–पाँच टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताका खेलहरु कम्बोडिया, इन्डोनेसिया, जोर्डन, म्यानमार, ताजिकिस्तान, थाइल्यान्ड, उज्वेकिस्तान र भियतनाममा हुनेछ ।

आठ वटा समूह विजेताहरूले सन् २०२६ को मार्च १ देखि २६ सम्म अष्ट्रेलियाका तीन वटा शहरमा आयोजना हुने फाइनल चरणमा स्थान बनाउने छन् । फाइनलका लागि पहिले नै चीन (साविक विजेता), दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

समूह ‘ए’ मा इरान, जोर्डन, लेबनान, सिङ्गापुर, र भुटान छन् भने समूह ‘बी’ मा थाइल्यान्ड, भारत, मङ्गोलिया, टिमोरलेस्टे र इराक छन् ।

समूह ‘सी’ मा म्यानमार, बहराइन, बङ्गलादेश, र तुर्कमेनिस्तानले फाइनल चरणका लागि प्रतिस्पर्धा गर्नेछन् भने समूह ‘डी’ मा चिनियाँ ताइपेइ, इन्डोनेसिया, कीर्गिस्तान र पाकिस्तान छन् ।

समूह ‘ई’ मा भियतनाम (आयोजक), गुआम, संयुक्त अरब इमिरेट्स र माल्दिभ्स छन् ।

समूह ‘जी’ मा फिलिपिन्स, हङकङ, कम्बोडिया र साउदी अरेबिया छन् भने समूह ‘एच’ मा उत्तर कोरिया, मलेसिया, प्यालेस्टाइन र ताजिकिस्तान भिड्ने छन् ।

छनोट खेलहरू जुन २३ देखि जुलाई ५ सम्म आयोजना गरिनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register