आजदेखि फिल्म हलमा ‘डोरी’ प्रदर्शन

आज शुक्रबारदेखि देशभर एकमात्र नेपाली फिल्म ‘डोरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले सिंगल रिलिजको अवसर पाएको हो । यद्यपि, देशभरका सबै फिल्म हल ‘डोरी’ले मात्र पाएको छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका ‘दौपदी’, ‘अञ्जिला’ लगायत केही फिल्मले अझै धेरै फिल्म हल ओगटेर बसेका छन् । फिल्मले देशभर करिब [...] The post आजदेखि फिल्म हलमा ‘डोरी’ प्रदर्शन appeared first on Jhapa Online.

Mar 28, 2025 - 08:23
 0
आजदेखि फिल्म हलमा ‘डोरी’ प्रदर्शन


आज शुक्रबारदेखि देशभर एकमात्र नेपाली फिल्म ‘डोरी’ प्रदर्शनमा आएको छ ।

फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले सिंगल रिलिजको अवसर पाएको हो । यद्यपि, देशभरका सबै फिल्म हल ‘डोरी’ले मात्र पाएको छैन । किनभने अघिल्ला साताहरूमा प्रदर्शनमा आएका ‘दौपदी’, ‘अञ्जिला’ लगायत केही फिल्मले अझै धेरै फिल्म हल ओगटेर बसेका छन् । फिल्मले देशभर करिब १२० शो पाएको छ ।

‘डोरी’ सामाजिक कथामा हास्यरस, थ्रिलर र हररलाई समेत मिसाएर निर्माण भएको फिल्म हो । केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र दिएको फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् । फिल्मको निर्देशक अरुण लामाले गरेका हुन् ।

लेखन समेत लामाको रहेको फिल्म निर्देशक लामाको अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । दिनेश भट्टराई निर्माता रहेको फिल्मका कार्यकारी निर्माता राज थापा हुन् ।

The post आजदेखि फिल्म हलमा ‘डोरी’ प्रदर्शन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register