तीनकुनेबाट तितरवितर राजावादी विभिन्न स्थानमा आगजनी गर्दै

काठमाडौं । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रबाट तितरवितर भएका समूहले विभिन्न स्थानमा आगजनी गरिरहेका छन् । कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सो समूहले आगजनी गरिरहेको छ । प्रदर्शनकारीले कोटेश्वरको जडिबुटी कारखानामा आगो लगाएका छन् । त्यहाँ सवारी साधन पार्किङ गरिएको ठाउँमा आगजनी गर्दा कम्तीमा आधा दर्जन गाडी जलाइएका छन् । आगो अझै नियन्त्रणमा आइनसकेके बताइएको छ । पेरिसडाँडास्थित […]

Mar 28, 2025 - 12:06
 0
तीनकुनेबाट तितरवितर राजावादी विभिन्न स्थानमा आगजनी गर्दै

काठमाडौं । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रबाट तितरवितर भएका समूहले विभिन्न स्थानमा आगजनी गरिरहेका छन् ।

कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सो समूहले आगजनी गरिरहेको छ ।

प्रदर्शनकारीले कोटेश्वरको जडिबुटी कारखानामा आगो लगाएका छन् । त्यहाँ सवारी साधन पार्किङ गरिएको ठाउँमा आगजनी गर्दा कम्तीमा आधा दर्जन गाडी जलाइएका छन् । आगो अझै नियन्त्रणमा आइनसकेके बताइएको छ ।

पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयनजिकै राजावादीहरूले सरकारी नम्बर प्लेटको गाडीमा आगो लगाएका छन्।

बालकुमारीमा पनि सवारी साधन जलाइएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register