नेपाललाई साउदीको २५ टन खजुर उपहार

काठमाडौं । साउदी अरेबियाले नेपाललाई उपहारस्वरूप २५ टन साउदी खजुर दिएको छ । नेपालमा किङ्ग सलमान मानवीय सहायता तथा राहत केन्द्रको पहिलो कार्यक्रमको उ‌द्घाटन गर्दै सोमबार नेपालका लागि साउदी राजदूत साद नासेर अबु हैमदले उक्त खजुर उपहार दिएका हुन् । उक्त खजुर नेपालको विभिन्न निकाय, सरकारी विद्यालय, विश्वविद्यालय, अनाथालय आदि गरी कुल १२–१५ श्रेणीमा विभाजन […]

May 19, 2025 - 10:57
 0
नेपाललाई साउदीको २५ टन खजुर उपहार

काठमाडौं । साउदी अरेबियाले नेपाललाई उपहारस्वरूप २५ टन साउदी खजुर दिएको छ ।

नेपालमा किङ्ग सलमान मानवीय सहायता तथा राहत केन्द्रको पहिलो कार्यक्रमको उ‌द्घाटन गर्दै सोमबार नेपालका लागि साउदी राजदूत साद नासेर अबु हैमदले उक्त खजुर उपहार दिएका हुन् ।

उक्त खजुर नेपालको विभिन्न निकाय, सरकारी विद्यालय, विश्वविद्यालय, अनाथालय आदि गरी कुल १२–१५ श्रेणीमा विभाजन गरेर वितरण गरिने गृह मन्त्रालयका उपसचिव छविलाल पौडेलले जानकारी दिए ।

यस अवसरमा राजदूतलेनेपाललगायत विश्वका विभिन्न देश र जनतालाई प्रदान गर्ने राहत र सहयोगका लागि दुई पवित्र मस्जिदका संरक्षक राजा सलमान बिन अब्दुल अजीज र युवराज तथा प्रधानमन्त्री राजकुमार मोहम्मद बिन सलमानलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त सहयोगले धेरै मानिसको पीडा कम गर्न परोपकारी र मानवीय कार्यमा आफ्नो अग्रगामी भूमिकालाई मूर्तरूप दिने साउदीको विश्वास छ ।

उद्घाटन समारोहमा विभिन्न परोपकारी संस्थाका प्रमुख तथा विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सन् १९९७ को मार्च १५ गते नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

तस्वीर – सरोज बस्नेत/नेपालभ्यूज

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register