फरार दुर्गा प्रसाईं पक्राउ गर्न प्रहरीका ३ युनिट खटियो, को को परे पक्राउ ?

झापा, १६ चैत । काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न तीन वटा प्रहरी युनिट खटिएको छ । व्यवस्था उल्टाउने उद्घोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट फरार भएका थिए [...] The post फरार दुर्गा प्रसाईं पक्राउ गर्न प्रहरीका ३ युनिट खटियो, को को परे पक्राउ ? appeared first on Jhapa Online.

Mar 29, 2025 - 03:04
 0
फरार दुर्गा प्रसाईं पक्राउ गर्न प्रहरीका ३ युनिट खटियो, को को परे पक्राउ ?

झापा, १६ चैत । काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न तीन वटा प्रहरी युनिट खटिएको छ ।

व्यवस्था उल्टाउने उद्घोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट फरार भएका थिए ।

प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको प्रहरी अधिकृतहरु बताउँछन् । उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् ।

प्रदर्शनमा सहभागी आयोजक समूह ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । संयोजक दुर्गा प्रसाईँ आफैंले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयको निष्कर्ष छ । गृह मन्त्रालयका सहसचिव छवी रिजालले तीनकुनेको घटना आपराधिक भएको बताउँदै त्यसमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् । उनी भन्छन्, ‘तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ ।’

प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ । प्रदर्शनमा नेतृत्वदायी भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बू र सन्तोष तामाङलाई प्रहरीले गए राति पक्राउ गरिसकेको छ ।

The post फरार दुर्गा प्रसाईं पक्राउ गर्न प्रहरीका ३ युनिट खटियो, को को परे पक्राउ ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register