लागुऔषधसहित ५ जना पक्राउ

बिराटनगर, १७ जेठ । मोरङ र धनकुटाबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १६ गते दिउँसो मोरङको बिराटनगर(१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी-१ का ३२ बर्षीय राजु दर्जी, सुनसरी इटहरी(२ का १९ बर्षीय सरोज पौडेल र १९ बर्षीय बाबु राम पौडेललाई ३ ग्राम ७५० मिलिग्राम [...] The post लागुऔषधसहित ५ जना पक्राउ appeared first on Jhapa Online.

May 31, 2025 - 09:11
 0
लागुऔषधसहित ५ जना पक्राउ

बिराटनगर, १७ जेठ । मोरङ र धनकुटाबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ १६ गते दिउँसो मोरङको बिराटनगर(१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी-१ का ३२ बर्षीय राजु दर्जी, सुनसरी इटहरी(२ का १९ बर्षीय सरोज पौडेल र १९ बर्षीय बाबु राम पौडेललाई ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ बाट ३ किलो ३८० ग्राम लागुऔषध गाँजा सहित ओसार पोसारमा संलग्न साँगुरीगढी-१ का १९ बर्षीय कसुर लिम्बु र चौबिसे गाउँपालिका-४ का २१ बर्षीय बिजय याख्खा राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरेहको छ ।

The post लागुऔषधसहित ५ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register