ज्ञानेन्द्रबारे देउवा : अहिले त यस्तो गर्छन्, राजा बने के गर्लान् ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजकता मच्चाएको टिप्पणी गरेका छन् । शनिवार लुम्बिनीमा नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्रले चाहेर गणतन्त्र नहट्ने बताए । ‘पूर्वराजाको नाममा हिँजो हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घरहरूमा आक्रमण र क्षति भयो । त्यसैले स्पष्ट हुनुस् कि पूर्वराजा ज्ञानेन्द्रले […]

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले अराजकता मच्चाएको टिप्पणी गरेका छन् ।
शनिवार लुम्बिनीमा नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्रले चाहेर गणतन्त्र नहट्ने बताए ।
‘पूर्वराजाको नाममा हिँजो हुलहुज्जत भयो । अराजक तरिकाले धेरै घरहरूमा आक्रमण र क्षति भयो । त्यसैले स्पष्ट हुनुस् कि पूर्वराजा ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन् भने राजा बने के गर्लान् ?,’ उनले भने, ‘कहिले पनि संवैधानिक राजा भन्न खोजेका पनि थिएनन् । बन्ने नेचर पनि छैन। सम्भावना छैन । गणतन्त्र उनले चाहेर हट्नेवाला पनि छैन ।’ उनले देश गणतन्त्रको पक्षमा एकजुट रहेको बताए ।
What's Your Reaction?






