वीरगञ्जमा एक महिलाको शव फेला

काठमाडौँ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रकी अनसुइया अग्रवालको रहेकाे छ। प्रारम्भिक अनुसन्धानले अग्रवालको टाउकोमा घाउ देखिएको र घटनास्थलमा जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। शव परीक्षणको लागि […]

Mar 29, 2025 - 08:00
 0
वीरगञ्जमा एक महिलाको शव फेला

काठमाडौँ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । मृतकको पहिचान वीरगञ्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रकी अनसुइया अग्रवालको रहेकाे छ।

प्रारम्भिक अनुसन्धानले अग्रवालको टाउकोमा घाउ देखिएको र घटनास्थलमा जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ। शव परीक्षणको लागि मृतकको शरीर वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धानलाई तीव्रता दिएको छ र स्थानीय क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताइएको छ। यस घटनाको वास्तविक कारण शव परीक्षणको रिपोर्टपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register