ज्ञानेन्द्रको प्रतिरक्षामा उत्रिए कमल थापा, पक्राउ परेकालाई रिहा गर्न माग
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार भएको राजवादीहरूको हिंसात्मक प्रदर्शनो विषयलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रतिरक्षामा उत्रिएका छन् । थापाले शनिवार सामाजिक सञ्जालमा ज्ञानेन्द्रलाई शुक्रवार भएको हिंसात्मक घटनामा जोड्नु अनुपयुक्त र अनावश्यक भएको उल्लेख गरेका हुन् । त्यती मात्रै नभएर उनले राप्रपाका नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाललगायत हिंसा, […]

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार भएको राजवादीहरूको हिंसात्मक प्रदर्शनो विषयलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रतिरक्षामा उत्रिएका छन् ।
थापाले शनिवार सामाजिक सञ्जालमा ज्ञानेन्द्रलाई शुक्रवार भएको हिंसात्मक घटनामा जोड्नु अनुपयुक्त र अनावश्यक भएको उल्लेख गरेका हुन् ।
त्यती मात्रै नभएर उनले राप्रपाका नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाललगायत हिंसा, अराजक वा आपराधिक कुनै पनि घटनामा संलग्न नरहेको दाबी गर्दै सबैको तत्काल रिहा गर्न माग गरेका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजोको घटना वा कुनै दल वा समुहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ ।’ ।
यद्यपि, उनले पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् । उनले कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न नसकिने बताएका छन् ।
प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध भएको भन्दै उनले यो घटनाको निष्पक्ष छानबिन भइ दोषीलाई कार्वाही गर्नै पर्ने उल्लेख गरेका छन् ।
What's Your Reaction?






