रविन्द्र मिश्र र धवलशमशेर राणालाई रिहा गर्न राप्रपाले दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं । राप्रपाले शुक्रवारको घटनापछि पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ । शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शुक्रवार साँझ पक्राउ परेका मिश्र र राणालगायत सबै नेताल कार्यकर्तालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । उनीहरूलाई २४ […]

Mar 29, 2025 - 13:04
 0
रविन्द्र मिश्र र धवलशमशेर राणालाई रिहा गर्न राप्रपाले दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं । राप्रपाले शुक्रवारको घटनापछि पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ ।

शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शुक्रवार साँझ पक्राउ परेका मिश्र र राणालगायत सबै नेताल कार्यकर्तालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनीहरूलाई २४ घण्टाभित्र रिहा नगरे देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय भएको लिङ्देनले जानकारी दिए । उनले बैठकबाट तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको घटनामा सरकार बढी आक्रामक भएका कारणले दुर्घटना निम्तिएको दाबीसमेत गरे ।

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा #ArrestGyanendra अभियान

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register