ज्ञानेन्द्रलाई पक्रेर देखाउन सरकारलाई राजेन्द्र लिङ्देनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरे आफ्नो शक्ति पनि देखाउने भन्दै चुनौती दिएका हुन् । ‘हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था […]

Mar 29, 2025 - 13:46
 0
ज्ञानेन्द्रलाई पक्रेर देखाउन सरकारलाई राजेन्द्र लिङ्देनको चुनौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरे आफ्नो शक्ति पनि देखाउने भन्दै चुनौती दिएका हुन् ।

‘हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन,’ उनले भने, ‘त्यस कारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्पष्ट छु । राजालाई अरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउछौं ।’

राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेर आवाज नउठाएको भन्दै राजसंस्था देशको आवश्यकता भएको हुँदा राजा जसले बोके पनि हुन्छ, जसले ल्याए पनि हुन्छ भनेर बारम्बार भनिरहेको बताए ।

उनले तीनकुनेको घटनाका बारेमा पूर्वराजाको नाम जोडिएको प्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो कुनै टिप्पणी नभएको बताए । तर राजालाई कुनै पनि विवादमा तान्नु नहुने भन्दै तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको पनि आरोप लगाए ।

राप्रपाले शुक्रवारको घटनापछि पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ ।

उनीहरूलाई २४ घण्टाभित्र रिहा नगरे देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय भएको लिङ्देनले जानकारी दिए । उनले बैठकबाट तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको घटनामा सरकार बढी आक्रामक भएका कारणले दुर्घटना निम्तिएको दाबीसमेत गरे ।

तर हिँजोको घटनामा धनजनको क्षति भएको भन्दै सामाजिक सञ्जालमा #ArrestGyanendra अभियान सञ्जालन भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register