ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ २ गतेदेखि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवदेन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौँको कमलपोखरीस्थीत बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर […]

Jun 16, 2025 - 06:44
 0
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ २ गतेदेखि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवदेन दिन मिल्ने गरी सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा राखेको सेयर संख्या भने खुलाएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौँको कमलपोखरीस्थीत बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर सङ्ख्या उल्लेखगरी आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register