अचार बनाउने व्यावसायिक तालिम सम्पन्न

झापा, २० चैत । नेपाल फुड प्रोडक्ट ट्रेनिङ सेन्टरको आयोजनामा अचार बनाउने विशेष व्यावसायिक तालिम सम्पन्न भएको छ। अनामनगर, काठमाडौंमा सम्पन्न सो तालिममा १२ जना सहभागी भएका थिए । तालिमको प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक जीवन प्रभा लामाले गर्नुभएको थियो। उहाँले नेपालमा साना खाद्य उद्यमहरूको विकास आवश्यक रहेको बताउँदै यस्ता व्यावहारिक [...] The post अचार बनाउने व्यावसायिक तालिम सम्पन्न appeared first on Jhapa Online.

Apr 2, 2025 - 15:44
 0
अचार बनाउने व्यावसायिक तालिम सम्पन्न

झापा, २० चैत । नेपाल फुड प्रोडक्ट ट्रेनिङ सेन्टरको आयोजनामा अचार बनाउने विशेष व्यावसायिक तालिम सम्पन्न भएको छ। अनामनगर, काठमाडौंमा सम्पन्न सो तालिममा १२ जना सहभागी भएका थिए ।

तालिमको प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक जीवन प्रभा लामाले गर्नुभएको थियो। उहाँले नेपालमा साना खाद्य उद्यमहरूको विकास आवश्यक रहेको बताउँदै यस्ता व्यावहारिक तालिमहरू उद्यमशीलता प्रवर्द्धनका लागि निकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

पूर्णतः व्यावहारिक तालिम
तालिम अनुभवी खाद्य प्रौद्योगविद् (फुड टेक्नोलोजिस्ट) द्वारा प्रदान गरिएको थियो। पूर्णतः व्यावहारिक रूपमा सञ्चालन गरिएको तालिममा सहभागीहरूले प्रत्यक्ष रुपमा अचार बनाउने, प्याकिङ गर्ने, तथा उद्योग सञ्चालन प्रक्रियाबारे ज्ञान हासिल गरेका थिए।

तालिममा विभिन्न प्रकारका अचार बनाउने व्यावसायिक विधि (स्वादिष्ट, टिकाउ, र गुणस्तरीय अचार बनाउने तरिका), रासायनिक परिरक्षात्मकको सुरक्षित प्रयोग, लेबलिङ र प्याकेजिङ प्रविधि – बजारका लागि आकर्षक र सुरक्षित प्याकिङ तरिका, खाद्य व्यवसाय सञ्चालन अनुमतिबाट उद्योग दर्ता, अनुमति प्रक्रिया, तथा आवश्यक मापदण्डहरूको जानकारी, साना उद्योगको अध्ययन भ्रमण – साना स्तरमा सञ्चालित अचार उद्योगहको प्रत्यक्ष अवलोकन, उत्पादन प्रणाली अध्ययन प्रमुख विषयवस्तुहरू रहेको थियो ।

उद्योग भ्रमण र प्रत्यक्ष अनुभव
तालिमको विशेष भाग अन्तर्गत सहभागीहरूलाई एउटा सानो अचार उद्योगमा अवलोकन भ्रमण गराइयो। यस क्रममा उनीहरूले अचार उत्पादन गर्ने स्वच्छता मापदण्ड, गुणस्तर परीक्षण, र व्यावसायिक व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरे।

सहभागीहरूको उत्साहजनक प्रतिक्रिया
तालिममा सहभागी भएका व्यक्तिहरूले प्रशिक्षणलाई अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिएका छन्। एक जना सहभागीले भन्नुभयो, ‘यस तालिमले व्यावसायिक रूपमा अचार उत्पादन गर्ने मेरो आत्मविश्वास बढाइदिएको छ। उद्योग स्थापना गर्न आवश्यक सबै जानकारी यहीं सिक्न पाइयो।’

नेपाल फुड प्रोडक्ट ट्रेनिङ सेन्टरका आयोजकहरूका अनुसार, तालिमको उद्देश्य घरेलु तथा साना उद्यमीहरूलाई अचार व्यवसायतर्फ प्रेरित गर्दै नेपाली अचारलाई गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउनु रहेको छ। निकट भविष्यमा यस्ता तालिमहरू थप स्थानमा सञ्चालन गर्ने योजना रहेको आयोजकले बताएका छन्।

The post अचार बनाउने व्यावसायिक तालिम सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register