काठमाडौं आज पनि विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग बिहीबारको तुलनामा आज (शुक्रबार) धेरै भएकाले प्रदूषण केही घटेको हो । हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने बिहीबारको भन्दा घटेको छ । […]

Apr 4, 2025 - 04:24
 0
काठमाडौं आज पनि विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौं । काठमाडौं उपत्यकामा हिजोअस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग बिहीबारको तुलनामा आज (शुक्रबार) धेरै भएकाले प्रदूषण केही घटेको हो ।

हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तर काठमाडौंको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने बिहीबारको भन्दा घटेको छ ।

बिहीबार ३५२ रहेको एक्यूआई आज २३२ मा झरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई सबैका लागि खतरनाक अवस्था मानिन्छ । हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको छ ।

वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान अनुरोध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register