यस्तो बन्यो नेसपा नयाँ शक्तिको नेतृत्व, कसले कति मत ल्याए ?

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट  डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति  निर्वाचित भएको छ  । अध्यक्षमा डा भट्टराई ७ सय ६१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३ मत पाए । त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजालले ३ सय ९३ मत पाए , उपाध्यक्ष […]

Feb 13, 2025 - 15:42
 0
यस्तो बन्यो नेसपा नयाँ शक्तिको नेतृत्व, कसले कति मत ल्याए ?

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनबाट  डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति  निर्वाचित भएको छ  । अध्यक्षमा डा भट्टराई ७ सय ६१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३ मत पाए ।

त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजालले ३ सय ९३ मत पाए , उपाध्यक्ष (आदिवासी जनजाती) टेक बहादुर बाठामगरले ३ सय ११ मत पाए । उपाध्यक्ष (दलित) दुर्गा सोब, उपाध्यक्ष (महिला) मानुषी यमी भट्टराई भने निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्ष (मधेशी थारु) उमेश शाहले ३ सय ९५ मत पाए । यसैगरी  महासचिव (खुला) सोनाम सिंह स्याङ्तानले ४०९ मत पाए , सचिव (खुला) लक्ष्मण कार्कीले ३ सय ५३ मत पाए । सचिव (खुला) भरतराज दाहाल निर्वाचित भएका छन् । यस्तै  सचिव (महिला) आसाकुमारी तामाङले ३ सय १४ मत पाइन् ।  कोषाध्यक्षमा हरि रिजाल निर्वाचित भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register