अब नेपाली व्यवसायीले विदेशीलाई वस्तु तथा सेवा बिक्री गर्दा पनि डिजिटल वालेटमै पैसा लिन पाउने
काठमाडौं । नेपाली व्यवसायीहरूले वस्तु तथा सेवा बिक्री गरेबापत विदेशी मुद्रा डिजिटल वालेटमा लिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र-२०८१ जारी गर्दै यो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार नेपाली व्यवसायीहरूले विदेशमा जारी भएका भुक्तानीका उपकरणबाट क्यूआर कोड लगायतका विद्युतीय माध्यममार्फत विदेशी मुद्रा स्वीकार गर्न सक्नेछन् । राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचमार्फत यो सुविधा प्रयोग गर्नुपर्ने परिपत्रमा उल्लेख छ । विदेशी विनिमयको कारो...

What's Your Reaction?






