रिहा भएपछि रविले भने- चितवनले मलाई होइन देशलाई न्याय गर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनलाई देवभूमि भनेका छन् । बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं उनले चितवन देवभूमी भएकाले यहीबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त भएको बताएका हुन् । सभापति लामिछानेले भने, ‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । त्यसकारण […]

Feb 6, 2025 - 13:45
 0
रिहा भएपछि रविले भने- चितवनले मलाई होइन देशलाई न्याय गर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनलाई देवभूमि भनेका छन् ।

बिहीबार चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं उनले चितवन देवभूमी भएकाले यहीबाट देशले न्याय पाउने कुरामा आफू विश्वस्त भएको बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘हाम्रो चितवन भनेको देवभूमि हो । देवता बस्ने ठाउँ हो । त्यसकारण यसले मलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा विश्वस्त छु।’

अघिल्लो निर्वाचनबाटै चितवनले परिवर्तनको सुरुवात गरेको दाबी गरेका उनले चितवनले परिवर्तनको उद्घोष गरेको बताए । उनले अघिल्लो निर्वाचनमा नै  देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको बताए । उनले भने, ‘यो देशव्यापी हुन्छ । परिवर्तन जन्मने बेलाको पीडा हो । परिवर्तन जन्मिएरै छाड्छ।’

साहारा सहकारीको रकम ठगी मुद्दामा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको एकल इजलासले ५४ लाख धरौटीमा छाड्न आदेशदिएपछि उनी बिहीबार रिहा भएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register