वेबसाइट ह्याक भएपछि हेलो सरकारका सामाजिक सञ्जालका अकाउन्ट बेवारिसे
काठमाडौं । आमसर्वसाधारणका गुनासो सुन्ने सरकारी प्लेटफर्म ‘हेलो सरकार’को वेबसाइट ह्याक भएपछि सामाजिक सञ्जालका अकाउन्ट बेवारिस बनेका छन् । वेबसाइट नै ह्याक भएपछि दिनहुँजसो गुनासोबारे जानकारी दिने हेलो सरकारका ह्यान्डल १२ चैतपछि निष्क्रिय छन् । हेलो सरकारको फेसबुक पेज र एक्स ह्यान्डल बढी सक्रिय थिए । १२ चैत (२५ मार्च) सम्म ती अकाउन्टमा निरन्तर पोस्ट आइरहेका थिए । खासगरी वेबपोर्टलमा दर्ता भएका गुनासो, विभिन्न निकायमा सम्बोधनका लागि पठाइएका गुनासोको सङ्ख्या र फर्स्यौट भएका गुनासोको सङ्ख्या सामाजिक सञ्जालमा राखिन्...

What's Your Reaction?






