राम नवमी : भगवान श्रीरामको पूजा आराधना गरि मनाइँदै (तस्वीरहरू)
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने राम नवमी पर्व आज नेपाललगायत विश्वभरका हिन्दू धर्मावलम्बीहरूले भगवान श्रीरामको पूजा आराधना गरि मनाउँदै छन्। त्रेतायुगमा भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्यामा भगवान श्रीरामको जन्म भएको धार्मिक विश्वास रहिआएको छ । राम नवमीमा देशभरका राम मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुँइचो लागेको छ । काठमाडौंको बत्तीसपुतली, ललितपुर र भक्तपुरको राम […]

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने राम नवमी पर्व आज नेपाललगायत विश्वभरका हिन्दू धर्मावलम्बीहरूले भगवान श्रीरामको पूजा आराधना गरि मनाउँदै छन्।
त्रेतायुगमा भगवान विष्णुको सातौँ अवतारका रूपमा अयोध्यामा भगवान श्रीरामको जन्म भएको धार्मिक विश्वास रहिआएको छ ।
राम नवमीमा देशभरका राम मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको घुँइचो लागेको छ । काठमाडौंको बत्तीसपुतली, ललितपुर र भक्तपुरको राम मन्दिरहरूमा र जनकपुरस्थित राम जानकी मन्दिरलगायत देशभरका राम मन्दिरहरुमा आज श्रद्धालु भक्तजनको भिड छ ।
भगवान श्रीरामले जीवनभर मर्यादा, सत्य, न्याय र कर्तव्यको पालना गरेकोले उनलाई ‘मर्यादा पुरुषोत्तम’ समेत भनिँदै आइएको छ।
आजको दिन देशभरका नदी, ताल, कुण्डहरूमा नित्यस्नान गरी व्रत बस्ने, राम गीता तथा भानुभक्तीय रामायण वाचन गर्ने, र श्रीरामको भजनकीर्तनमा गर्ने परम्परा छ।
(तस्वीरमा बत्तीसपुतलीस्थित राम मन्दिरमा पूजा आराधना गर्दै श्रद्धालु)
What's Your Reaction?






