अतिरिक्त समयमा सम्हालिन सकेन चितवन, झापासँग बराबरीमा चित्त बुझायो
काठमाडौं । दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरीमा चित्त बुझाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पुर्याएको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० […]

काठमाडौं । दोस्रो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा झापा एफसीसँग बराबरीमा चित्त बुझाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न खेलमा चितवनले झापासँग १–१ गोलको बराबरी खेलेको हो । यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अङ्क पुर्याएको छ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० र अर्को खेलमा बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले हराएको थियो ।
चितवनका लागि आइतबारको खेलमा टेरिक जेब्रनले गोल गरे । उनले खेलको २८औँ मिनेटमा गोल गर्दै चितवनलाई सुरुवाती अग्रता दिलाए । यता झापाका लागि अलहाजी गिरोले खेलको दोस्रो हाफको अतिरिक्त समयमा बराबरी गोल फर्काए ।
झापाको समान खेलबाट तीन अङ्क भएको छ । झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्ससँग बराबरी खेलेको थियो ।
What's Your Reaction?






