आपसको वार्षिकोत्सव सम्पन्न, युवा संचारकर्मी रोयल आचार्य सम्मानित 

काठमाडौँ। आध्यात्मिक पत्रकार समाज (आपस ) वार्षिकोत्सवको अवसरमा आज वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। आपसले आधिकारिक प्रमाणपत्र ग्रहण गरेको दिन रामनवमीलाई (आपस) ले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ। दक्षिण एशियाली ज्योतिष महासंघको कार्यलय तथा आपस सम्पर्क कार्यलय काठमाण्डौ डिल्लिबजारमा आयोजित कार्यक्रममा शंखध्वनि,स्वस्ती वाचनसहित दिप प्रज्वलन गरेर वैदिक परम्परा अनुसार कार्यक्रम प्रारम्भ […]

Apr 7, 2025 - 18:02
 0
आपसको वार्षिकोत्सव सम्पन्न, युवा संचारकर्मी रोयल आचार्य सम्मानित 

काठमाडौँ।

आध्यात्मिक पत्रकार समाज (आपस ) वार्षिकोत्सवको अवसरमा आज वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। आपसले आधिकारिक प्रमाणपत्र ग्रहण गरेको दिन रामनवमीलाई (आपस) ले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ। दक्षिण एशियाली ज्योतिष महासंघको कार्यलय तथा आपस सम्पर्क कार्यलय काठमाण्डौ डिल्लिबजारमा आयोजित कार्यक्रममा शंखध्वनि,स्वस्ती वाचनसहित दिप प्रज्वलन गरेर वैदिक परम्परा अनुसार कार्यक्रम प्रारम्भ गरिएको थियो। सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश एशिसिएटस अध्यक्ष रोयल आचार्यलाई सकृय युवा पत्रकारका रुपमा दोसल्ला ओढाइ सम्मान गरियो।

आफ्नो धारणा राख्दै उपस्थित अग्रज तथा युवा संचारकर्मीहरूले विश्व समुदायमै सकारात्मक सोच र नैतिकता सहितको पत्रकारितामा ह्रास आउँदै गएकाले आध्यात्मिक पत्रकारिताको महत्त्व बढ्दै गएकोमा जोड दिए। एसोसिएटस अध्यक्ष आचार्यले सबै बिधागत पत्रकारितासंग सम्बन्ध रहेको र सिंगो मानव हितमा महत्त्व राख्ने आध्यात्मिक पत्रकारिता प्राथमिकताको अवधारणा भएकाले नेपाली पत्राकारिता क्षेत्रमा नै यसको महत्त्व रहने उल्लेख गरे । लेखक तथा संचारकर्मी केशब प्रसाद चौलागाईंले धर्म,कला,संस्कृति र सामाजिक मूल्य मान्यतासहितको पत्रकारिता अझै पनि मूलधारमा आउन नसकेको र प्राथमिकतामा नपारिएको गुनासो राखे।

अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटाले विधागत पत्रकारिताका क्षेत्रमा आपसले पुर्याउन सक्ने योगदान धेरै रहने भएकाले क्षमता अभिवृद्धि र पर्यटन,संस्कृतिलाई प्राथमिकतामा अन्तर्राष्ट्रिय नेटवर्कमा जोडिएर अघि बढ्न सुझाब पनि दिए ।आपसका अध्यक्ष शिरोमणि दवाडीले सकारात्मक पत्रकारितालाई जोड दिँदै सत्य र निष्पक्ष पत्रकारिताको विकासमा संस्थाले कृयाशीलता बढाउने बताए ।

पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका आपसका महासचिव लक्ष्मण पन्थीले आगामी वर्षको क्लालेन्डर र पात्रोमा राम नवमीका दिन आध्यात्मिक पत्रकार समाजको स्थापना समावेश गर्ने कुराको जानकारी गराउँदै आगामी दिनमा संस्थागत संरचना र गतिशीलतालाई ध्यान दिइने बताए । संचारकर्मीहरू शिवलाल पौडेल,बि. पि. कोइराला,द्रोण पराजुली,पुरुषोत्तम बस्नेत, अनिल भण्डारी, सुशील फुँयाल, कमल टण्डन, विशाल पौडेल,राजु बस्याल,यदुनाथ गैरे,शोभा ओझा, अस्मिता,सुस्मिता र सरस्वती दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register