बिशाल मिलन वैज्ञानिक योग केन्द्रमा नयाँ गीतको विमोचन । (फोटो फिचर) 

Dec 30, 2024 - 06:34
Dec 30, 2024 - 11:26
 0
बिशाल मिलन वैज्ञानिक योग केन्द्रमा नयाँ गीतको विमोचन । (फोटो फिचर) 

पौष १५, काठमाडौं । बिशाल मिलन वैज्ञानिक योग केन्द्रमा “ कति राम्रो चम्किएको हिमाल माथि तारा “ बोलको नँया योग   गीतको विमोचन भएको छ । 
आज बिशाल मिलन वैज्ञानिक योग केन्द्रमा आयोजित एक समारोहविच काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दीनेश महर्जनले सो नयाँ गीतको विमोचन गर्नु भयो । 


कार्यक्रममा बोल्दै वडाध्यक्ष महर्जनले आफुले पनि १८ वर्ष अघि लवदेव मिश्रसंग योग शिक्षा लिएको र अहिले आएर जनप्रतिनिधि भएर जनताको सेवा गरि रहेको बताउनु भयो । 


यसैगरी कार्यक्रममा बिशाल मिलन केन्द्रका सभापति हरि अधिकारीले समय अनुसारको योग गीत बनाउनका लागि अनुरोध गर्नु भयो । 


कार्यक्रममा बिशाल मिलन वैज्ञानिक योग केन्द्रका अध्यक्ष तथा योग गुरु डा. दीपक शर्माले योगले हाम्रो दैनिक जीवनमा पार्ने सकारात्मक लाभ  बारे बताउनु भएको थियो ।
आज विमोचन भएको गीतका गीतकार डा. विमल सुवेदी हुन भने यसमा संगीत मीर राणाको रहेको छ यसैगरि यस गीतमा  स्वर मीरा राणा, बन्दना  थापा, सोनु गुरुङ्ग र अन्यको रहेको छ । यसैगरी यो गीतमा मनोहर सुनामको एरेन्जर छ भने रेकडिस्ट भोला पौडेल रहेका छन । 


कार्यक्रममा वडाध्यक्ष दीनेश महर्जनले आज विमोचन भएको गीतका गीतकार ,  संगीतकार , एरेन्जर, गायक तथा रेकडिष्ट लाई         सम्मान गर्नु भएको थियो  यसअघि

बिशाल मिलन वैज्ञानिक योग केन्द्रले  निकालेको नाचौ नाचौ भो जीवन” बोलका  गीतका गीतकार, संगीतकार , गायक तथा एरेन्जरलाई पनि सम्मान गर्नु  भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register