मधेस प्रदेशसभालाई सम्बोधन गर्न हेलिकोप्टर चढेर जनकपुरधाम आउँदै प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गन आज (मङ्गलबार) जनकपुरधाम आउँदै छन् । उनी बिहान ११ बजे हेलिकोप्टर चढेर काठमाडौंबाट जनकपुरधाम आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए । मधेश प्रदेससभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेका छन् […]

Apr 8, 2025 - 05:06
 0
मधेस प्रदेशसभालाई सम्बोधन गर्न हेलिकोप्टर चढेर जनकपुरधाम आउँदै प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशसभाको बैठकलाई सम्बोधन गन आज (मङ्गलबार) जनकपुरधाम आउँदै छन् ।

उनी बिहान ११ बजे हेलिकोप्टर चढेर काठमाडौंबाट जनकपुरधाम आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

मधेश प्रदेससभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेका छन् । यसका लागि सांसदहरूलाई बिहान १० बजे प्रदेशसभामा बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

प्रधानमन्त्रीको आगमनलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन प्रजिअ कडरियाले जानकारी दिए ।

प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री ओली आजै सिराहा प्रस्थान गर्ने कार्यक्रम रहेको छ, जहाँ उनी आफू नेतृत्वको दल नेकपा एमालेको जिल्ला अधिवेशनमा सहभागी हुनेछन् ।

‘प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर जनकपुरधाम विमानस्थलमा अवतरण गर्नेछ र प्रदेशसभा सम्बोधनपछि त्यहीँबाट सिराहाका लागि प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ,’ उनले नेपालभ्युजसँग भने ।

मधेसमा पछिल्लो समय राजनीतिक बहस, सङ्घीयता कार्यान्वयनको चुनौती र विकास निर्माणका कामको गति सुस्ताएको भन्दै आलोचना भइरहेको छ । यस्तोमा

प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणले नयाँ सन्देश दिने अपेक्षा गरिएको स्थानीय नेताहरूको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register