सवारी दुर्घटनामा दुई जनाको मृत्यु , ३ जना घाइते

धादिङ, १४ फागुन । धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ३ जना घाइते भएका छन् । बाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्वरको पानी बोक्ने ट्याङ्कर कच्ची सडकबाट खस्दा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान भैनसकेको धादिङ प्रहरीले जनाइएको छ ।ट्याङ्ककर [...] The post सवारी दुर्घटनामा दुई जनाको मृत्यु , ३ जना घाइते appeared first on Jhapa Online.

Feb 26, 2025 - 04:07
 0
सवारी दुर्घटनामा दुई जनाको मृत्यु , ३ जना घाइते

धादिङ, १४ फागुन । धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

बाग्मती प्रदेश ०१–००४ क ३३५२ नम्वरको पानी बोक्ने ट्याङ्कर कच्ची सडकबाट खस्दा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान भैनसकेको धादिङ प्रहरीले जनाइएको छ ।ट्याङ्ककर सडकबाट करिव दुई सय मिटर तल खसेको छ । गएराति करिव एक वजेतिर भएको सो दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि लगिएको छ ।ट्याङ्कर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएकोले शव निकाल्नसमेत कठिन भएको प्रहरीले जनाएको छ ।शवलाई निकालेपछि पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी गरेको उद्दारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

सवारी चालक भने सकुसल छन ।ट्याङ्कर फर्काउन ब्याक गर्ने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेँको घाइते एक जना यात्रुले जानकारी दिएका छन । घाइतेहरुको अवस्था भने सामान्य छ ।

The post सवारी दुर्घटनामा दुई जनाको मृत्यु , ३ जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register