वर्षापछि बाढी र पहिरो : राप्ती राजमार्गसहित तीनवटा सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । वर्षापछि आएको बाढी र पहिरोले देशभर ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् । वर्षाले मुख्य सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ । तीनवटा सडक पूर्वरुपमा अवरुद्ध भएको पाइएको छ । रुकुम पश्चिमको पृतिवाङ खोलामा आएको बाढीले राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । यस्तै कालिकोटको पचालझर्नामा पहिरो जाँदा सुर्खेत–हुम्ला सडक पूर्णरुपमा अवरुद्ध भएको छ […]

Apr 10, 2025 - 05:27
 0
वर्षापछि बाढी र पहिरो : राप्ती राजमार्गसहित तीनवटा सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । वर्षापछि आएको बाढी र पहिरोले देशभर ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् ।

वर्षाले मुख्य सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

तीनवटा सडक पूर्वरुपमा अवरुद्ध भएको पाइएको छ । रुकुम पश्चिमको पृतिवाङ खोलामा आएको बाढीले राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यस्तै कालिकोटको पचालझर्नामा पहिरो जाँदा सुर्खेत–हुम्ला सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी सल्यानको धरापानीमा पहिरो जाँदा जाजरकोट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

बाढी र पहिरोले देशका पाँचवटा सडक एकतर्फी मात्र सञ्चालनमा आइरहेको प्रहरीले जनाएको छ । राप्ती राजमार्ग सडकखण्ड भने पुनः सञ्चालनमा आएको छ ।

काठमाडौं उपत्यकालगायत देशभरका अधिकाङ्श ठाउँमा बिहीबारसम्म वर्षा भइरहेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register