हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई थप स्मार्ट र सहज बनाइने

काठमाडौं । नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यस अपडेटले प्रयोगकर्तालाई थप आकर्षक डिजाइन र उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य राखेको छ। अपडेटमा नोट्स र इभेन्ट्स पेजलाई नयाँ डिजाइनमा प्रस्तुत गरिएको छ। प्रयोगकर्ताले नोट्समा तस्वीरहरू प्रयोग गरी योजना र सम्झनाहरू व्यवस्थित गर्न सक्नेछन्। क्यालेन्डर पेजमा पनि राखिएका नोट्सहरू देख्न सकिनेछ। […]

Apr 10, 2025 - 16:46
 0
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई थप स्मार्ट र सहज बनाइने

काठमाडौं । नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यस अपडेटले प्रयोगकर्तालाई थप आकर्षक डिजाइन र उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य राखेको छ।

अपडेटमा नोट्स र इभेन्ट्स पेजलाई नयाँ डिजाइनमा प्रस्तुत गरिएको छ। प्रयोगकर्ताले नोट्समा तस्वीरहरू प्रयोग गरी योजना र सम्झनाहरू व्यवस्थित गर्न सक्नेछन्। क्यालेन्डर पेजमा पनि राखिएका नोट्सहरू देख्न सकिनेछ।

हाम्रो पात्रोको नयाँ फिड पेजमा जानकारीमूलक र मनोरञ्जनात्मक सामग्रीहरू आकर्षक डिजाइनमा उपलब्ध छन्। प्रयोगकर्ताले फिड पेजमा रहेका सामग्रीहरूमा लाइक, कमेन्ट र शेयर गर्न सक्नेछन्, जसले संवाद र अनुभव आदान प्रदान गर्न सहयोग गर्छ।

नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष विशेष पेज’ पनि थपिएको छ। यसमा वर्षभरिका घटनाहरूको समीक्षा, इ-कार्डहरू, साइत, बिदा, चाडपर्वहरू र वार्षिक राशिफल राखिएको छ। साथै, २०८१ को सम्झना र २०८२ को उत्साह समेटिएको क्विजहरू पनि उपलब्ध छन्।

हाम्रो पात्रोका सीइओ शंकर उप्रेतीले यो अपडेट प्रयोगकर्ताको सुझाव र आवश्यकता अनुसार तयार पारिएको बताए। यो अपडेटले दैनिक जीवनलाई सहज बनाउने र प्रयोगकर्ताको अनुभवलाई अझ व्यक्तिगत बनाउने उनको भनाइ छ।

प्रयोगकर्ताहरूले तिथि मितीमा कुनै समस्या देखिएमा एप अपडेट गर्न र थप सुझावहरू support@hamropatro.com मा पठाउन अनुरोध गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register