बुढानिलकण्ठमा चौथो रोजगार तथा वृति मेला शुरु

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला ,फागुन २ गतेदेखि शुरु भएको छ। नेपाल सरकारका शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री बिध्या भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो मेलाको पहिलो दिन विभिन्न रोजगार दाताहरुको स्टलमा आएर सयौको संख्यामा स्थानीयले रोजगारका लागि आवेदन दिएका छन्। नगरपालिका भित्र संचालनमा रहेका विभिन्न व्यवसायिक संस्था तथा रोजगारदाताहरुले राखेको […]

Feb 15, 2025 - 06:09
 0
बुढानिलकण्ठमा चौथो रोजगार तथा वृति मेला शुरु

काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा भएको चौथो रोजगार तथा वृति मेला ,फागुन २ गतेदेखि शुरु भएको छ। नेपाल सरकारका शिक्षा तथा बिज्ञान प्रविधि मन्त्री बिध्या भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो मेलाको पहिलो दिन विभिन्न रोजगार दाताहरुको स्टलमा आएर सयौको संख्यामा स्थानीयले रोजगारका लागि आवेदन दिएका छन्।

नगरपालिका भित्र संचालनमा रहेका विभिन्न व्यवसायिक संस्था तथा रोजगारदाताहरुले राखेको स्टलमा र अनलाइन मार्फत आवेदन दिएका बेरोजगारहरुलाई रोजगार दिने तयारी गरिएको छ। यसैगरी दोस्रो दिन अर्थात फागुन ३ गते सनिवार पनि इच्छुक बेरोजगारहरुले ९ बजे पछी नगर कार्यालय परिसरमा आएर आवेदन दिन सक्ने नगरपालिकाले जानकारी दिएको छ।

विगतका मेलाहरुमा परामर्श र रोजगार प्रवर्धनलाई जोड दिएको नगरपालिकाले यस पटक भने रोजगारदाताको प्रत्यक्ष सहभागितामा नगरपालिका परिसरमा रहेका रोजगारदाताहरुको स्टल मै आवेदन दिन सकिने व्यवस्था गरेको छ जसमा पहिलो दिननै सयौ बेरोजगार युवायुवतीले आफुले चाहेको पदमा आवेदन दिएका छन।

यस अवधिका तीन ओटै रोजगारी तथा वृत्ति मेलामा बेरोजगार युवाहरुको तथ्याङ्क सङकलन गरिएको थियो । तथ्याङ्क सङकलनका क्रममा बेरोजगार युवाहरुले लिन चाहेको रोजगारमूलक तालिमको माग सङ्कलन समेत गरिएको थियो। माग बमोजिम रोजगारी तथा वृत्ति कार्यक्रम अन्तर्गत २० जनालाई सिनियर १० महिने प्लम्बरिङ, ६० जनालाई कुकिङ र ४० जनालाई १० महिने कम्प्युटर हार्डवेयर तालिम प्रदान गरिएको छ।

यसै गरी पालिका भित्र रहेका १२ वटै सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थी वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। रोजगारदाता र बेरोजगार युवाबीच सम्पर्क स्थापित गर्न अनलाइन प्लेट फर्म सञ्चालनमा ल्याईएको छ। शिक्षक आपूर्तिलाई सहज बनाउन शिक्षक बैंक निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

मेलामा बढी भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरिरहेका उद्यमीहरुलाई नगर परिसरमा स्टल राख्न दिने व्यवस्था मिलाइएको छ । मेलामा भएका कुल ४२ वटा स्टल मध्ये २० वटा रोजगारदाता, ६ वटा शिक्षा, सिप तथा तालिम प्रदायक, ३ वटा उन्नयनशील युवा उद्यम, ७ वटा रमाइलो शुक्रबार प्रवद्र्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरु रहेका छन्।

यस चौथो रोजगार तथा वृत्ति मेलामा २५ हजार भन्दा वढी गृहणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौ बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register