प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

विराटनगर, २९ चैत्र । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट चैत्र २८ गते प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका–४ का२१ बर्षीय एनजल गुरुङ र १९ बर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । [...] The post प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ appeared first on Jhapa Online.

Apr 11, 2025 - 11:43
 0
प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ

विराटनगर, २९ चैत्र । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट चैत्र २८ गते प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका–४ का२१ बर्षीय एनजल गुरुङ र १९ बर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका–२ का २४ बर्षीय शिव शंकर चौधरीलाई ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको सागुरीगढी गाउँपालिका–९ घर भई हाल धरानमा बस्दै आएका ३४ बर्षीय भुपाल राईलाई २८ किलो लागुऔषध गाँजा सहित धरान उप–महानगरपालिका–११ स्थितबाट नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

The post प्रतिबन्धित लागुऔषधसहित ४ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register