विमान अवतरण गरेलगत्तै पाइलटको मृत्यु

काठमाडौं । भारतको दिल्ली विमानस्थलमा विमान अवतरण गरेपछि एअर इन्डिया एक्सप्रेसका पाइलटको अचानक मृत्यु भएको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटले अन्य औपचारिकता पूरा गरिरहेको बेला यो घटना भएको हो । स्रोतकाअनुसार श्रीनगर-दिल्ली उडान अवतरण गरेलगत्तै पाइलट अरमानलाई असहज भएको थियो । केही समयपछि उनी बेहोस भए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर […]

Apr 11, 2025 - 11:53
 0
विमान अवतरण गरेलगत्तै पाइलटको मृत्यु

काठमाडौं । भारतको दिल्ली विमानस्थलमा विमान अवतरण गरेपछि एअर इन्डिया एक्सप्रेसका पाइलटको अचानक मृत्यु भएको छ ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पाइलटले अन्य औपचारिकता पूरा गरिरहेको बेला यो घटना भएको हो ।

स्रोतकाअनुसार श्रीनगर-दिल्ली उडान अवतरण गरेलगत्तै पाइलट अरमानलाई असहज भएको थियो । केही समयपछि उनी बेहोस भए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे ।

मृत्युको कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम भएपछि मात्र कारण खुल्ने प्रहरीले जनाएको छ । अरमानका सहकर्मीहरूले भने, “उनले अवतरणपछि ककपिट भित्र बान्ता गरे ।”

अरमानले हालै विवाह गरेका थिए ।

अनावश्यक रूपमा अनुमान नगर्न एअरलाइन्सको अपिल गर्दै एअर इन्डिया एक्सप्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ । “यो कठिन समयमा हामी शोकसन्तप्त परिवारलाई सबै सम्भव सहयोग प्रदान गरिरहेका छौं,” कम्पनीले भन्यो, “कृपया यस समयमा हाम्रो गोपनीयताको सम्मान गर्नुहोस् र कुनै पनि अनावश्यक अनुमान नगर्नुहोस् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register