रामायण टेलिश्रृङ्खलाका नायक अरुण गोयल नेपालमा

काठमाडौं । बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोयल नेपाल आइपुगेका छन् । भारतीय जनता पार्टीका सांसदसमेत रहेका गोयल शुक्रबार नेपाल आइपुगेका हुन् । काठमाडौंमा आयोजित हुने जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुन गोयल नेपाल आइपुगेका हुन् । दूरदराजका विपन्न बालबालिकालाई निःशुल्क पढाउने गर्छ, उक्त आश्रमले । २०५९ सालदेखि दूरदराजका बालबालिकालाई निःशुल्क […]

Apr 11, 2025 - 11:46
 0
रामायण टेलिश्रृङ्खलाका नायक अरुण गोयल नेपालमा

काठमाडौं । बहुचर्चित टेलिश्रृङ्खला ‘रामायण’मा रामको भूमिका निर्वाह गरेका अभिनेता अरुण गोयल नेपाल आइपुगेका छन् ।

भारतीय जनता पार्टीका सांसदसमेत रहेका गोयल शुक्रबार नेपाल आइपुगेका हुन् ।

काठमाडौंमा आयोजित हुने जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुन गोयल नेपाल आइपुगेका हुन् ।

दूरदराजका विपन्न बालबालिकालाई निःशुल्क पढाउने गर्छ, उक्त आश्रमले । २०५९ सालदेखि दूरदराजका बालबालिकालाई निःशुल्क पढाउने आश्रमका देशभर ११ वटा छात्रवास छ । यी छात्रवासमा ५ सयभन्दा बढी विद्यार्थी छन् ।

काठमाडौं आइपुगेका गोयल शनिबार जनजाती कल्याण आश्रमको वार्षिकोत्सवमा सहभागी हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register