एनएसएल : बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा पुगेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको हो । शनिबारको खेलको २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलको८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे । आजको […]

Apr 12, 2025 - 17:43
 0
एनएसएल : बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा पुगेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गर्दै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको हो ।

शनिबारको खेलको २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलको८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे । आजको जितसँगै पाँच खेलबाट ११ अङ्क बटुल्दै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा ललितपुरले तीन खेलमा जित र दुई खेल बराबरी खेलेको हो । ललितपुर साबिक विजेता टोली हो ।

लगातारको चौथो हारपछि बुटवल लुम्बिनी एफसी प्लेअफको होडबाट बाहिरिएको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी खेल्दा बाँकी चार खेलमा हार बेहोर्नुपर्‍यो । बुटवल तालिकाको पुछारमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register