खुला कारागार बनाउन महान्यायाधिवक्ता बडालको सुझाव

काठमाडाै‌ं। महान्यायाधिवक्ता रमेश बडालले खुला कारागारकाे व्यवस्था कार्यान्वयन गर्न सङ्घीय संसद्लाई सुझाव दिएका छन्। सङ्घीय संसद्अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार बसेको बैठकमा उनले खुला कारागार व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएका हुन्। खुला कारागारका लागि कानूनमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै उनले भने ‘कानूनमा कुनै कैदीबन्दीले ३ दिन काम गर्छु भन्यो […]

Jan 21, 2025 - 10:18
 0
खुला कारागार बनाउन महान्यायाधिवक्ता बडालको सुझाव

काठमाडाै‌ं। महान्यायाधिवक्ता रमेश बडालले खुला कारागारकाे व्यवस्था कार्यान्वयन गर्न सङ्घीय संसद्लाई सुझाव दिएका छन्।

सङ्घीय संसद्अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार बसेको बैठकमा उनले खुला कारागार व्यवस्था कार्यान्वयन गर्न सुझाव दिएका हुन्।

खुला कारागारका लागि कानूनमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको भन्दै उनले भने ‘कानूनमा कुनै कैदीबन्दीले ३ दिन काम गर्छु भन्यो भने एक दिन छुट हुने व्यवस्था छ। तर अहिलेसम्म काममा पठाउने अवस्था सृजना भएको छैन।’

बडालले खुला कारागार कार्यान्वयनका लागि कारागार कार्यालय नजिकै कारखाना बनाउन सकिने सुझाव दिए। त्यसका लागि झापा, नुवाकाेट, जलेश्वरलगायतमा ठाउँमा जमिन रहेको र त्यहाँ कारागार र काराखाना बनाउन सकिने उनले बताए।

खुला कारगारको व्यवस्था कार्यान्वयन भएमा कैदीबन्दी आयआर्जनमा जोडिने र त्यसले कैदीबन्दीलाई सकारात्मक उर्जा थप हुने उनको भनाइ छ।

खुला कारागार कार्यान्वयन भएमा राष्ट्रपतिबाट आममाफी दिँदा हुने विवाद पनि यहाँ नदेखिने उनको सुझाव छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register