ऋणबापत नेपाल एयरलाइन्सले भुक्तानी गर्यो ५३ करोड रुपैयाँ 

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदका लागि लिएको ऋणको किस्ता भुक्तानी गरेको छ ।  कम्पनीले अन्तराष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिरेको हो ।  कम्पनीले ऋण दायित्वमध्ये न्यारोबडी जहाजको २०८१ चैत महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी कुल ५३ करोड ९ […]

Apr 14, 2025 - 03:45
 0
ऋणबापत नेपाल एयरलाइन्सले भुक्तानी गर्यो ५३ करोड रुपैयाँ 

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जहाज खरिदका लागि लिएको ऋणको किस्ता भुक्तानी गरेको छ । 

कम्पनीले अन्तराष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिरेको हो । 

कम्पनीले ऋण दायित्वमध्ये न्यारोबडी जहाजको २०८१ चैत महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी कुल ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ । 

कम्पनीले २०८१ चैत सम्म किस्ताबापत ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ भुक्तानी गरिसकेको छ । निगमले जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register