कस्तो छ एनआईसी एशिया बैंकको वित्तीय अवस्था ? 

काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्को अपरिस्कृत वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको तुलनामा ९१.८१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा […]

Apr 20, 2025 - 04:38
 0
कस्तो छ एनआईसी एशिया बैंकको वित्तीय अवस्था ? 

काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्को अपरिस्कृत वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको तुलनामा ९१.८१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेको छ । 

त्यस्तै, चैत मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत र सञ्चालन मुनाफा ६४.४० प्रतिशत घटेको छ भने बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ह्वात्तै बढेपछि बैंकको नाफा दबाबमा परेको हो । 

यस अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि घटेको छ । यस अवधिमा बैंकको इपिएस १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा पनि ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register