‘जारी २’ निर्माणको घोषणासहित पोस्टर सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी– २’ निर्माण घोषणा गरिएको हो । सिनेमाको निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको […]

Apr 14, 2025 - 06:57
 0
‘जारी २’ निर्माणको घोषणासहित पोस्टर सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ ।

सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी– २’ निर्माण घोषणा गरिएको हो ।

सिनेमाको निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ ।

‘जारी– २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो सिनेमा यही वर्षको दशैंमा रिलिज गरिनेसमेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।

कवि उपेन्द्र सुब्बाको डेब्यू निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथिकोे व्यापार गरेको थियो । वैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय बराल र मिरुना मगरसँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखूको अभिनय रहनेछ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । यो सिनेमाको सम्पूर्ण छायाङ्कन पाँचथरका विभिन्न पर्यटटीय गन्तव्यमा गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register