स्ववियु निर्वाचन : मीनभवन क्याम्पसमा मतदान (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज (मङ्गलबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ । अहिले बिहान ८ः०० बजेपछिदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकाङ्श क्याम्पसमा मतदान सुरु भइसकेको बताउनुभयो । […]

Mar 18, 2025 - 04:14
 0
स्ववियु निर्वाचन : मीनभवन क्याम्पसमा मतदान (तस्वीरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज (मङ्गलबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ ।

अहिले बिहान ८ः०० बजेपछिदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकाङ्श क्याम्पसमा मतदान सुरु भइसकेको बताउनुभयो । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।

काठमाडौंको मीनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा भने बिहान ८ः३० बजे निर्वाचन सुरु भएको छ । यहाँ ६ हजारभन्दा बढी मतदाता भएको बताइएको छ । मतदानमा लागि विद्यार्थीहरू उत्साहित देखिएका छन् ।

काठमाडौं उपत्यकाका अधिकाङ्श क्याम्पसमा भने स्ववियु निर्वाचन स्थगित भएको छ । त्रि–चन्द्र, रत्नराज्य (आरआर), ल, विश्वभाषा, वाल्मीकि, अस्कल, सरस्वती, शङ्करदेव, पब्लिक युथ, बानेश्वरर कोटेश्वरलगायत क्याम्पसमा स्थगित भएको हो ।

अधिकाङ्श क्याम्पसमा विवादका कारण निर्वाचन स्थगित भएको पाइएको छ ।

नेपाल कमर्श, थापाथली र पुल्चोक इन्जिनियरिङमा भने मतदान जारी छ ।

कीर्तिपुरको केन्द्रीय क्याम्पस र पद्मकन्यामा भने यही चैत ८ गते निर्वाचन हुँदैछ ।

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने सदस्यसचिव अधिकारीले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हँुदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

तस्वीरमा हेरौं मीनभवन क्याम्पसका दृश्य :

सम्बन्धित समाचार :

काठमाडौंका अधिकाङ्श क्याम्पसमा स्ववियु निर्वाचन स्थगित, मीनभवन लगायतमा हुँदै (तस्वीरहरू)

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register