जाजरकोटमा एक रातमै दुईपटक भूकम्पको धक्का 

काठमाडौँ । पछिल्लो सात घण्टामा जाजरकोटमा दुई पटक भूकम्प गएको छ । सोमबार राती मात्रै जाजरकोटको कुशे गाउँपालिकास्थित पैंक भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो पटक भूकम्प ९ बजेर ३१ मिनेटमा गएको थियो । पहिलो पटकको भूकम्प ४.१ म्याग्निच्युडको भएको केन्द्रले जनाएको छ […]

Apr 15, 2025 - 03:00
 0
जाजरकोटमा एक रातमै दुईपटक भूकम्पको धक्का 

काठमाडौँ । पछिल्लो सात घण्टामा जाजरकोटमा दुई पटक भूकम्प गएको छ । सोमबार राती मात्रै जाजरकोटको कुशे गाउँपालिकास्थित पैंक भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो पटक भूकम्प ९ बजेर ३१ मिनेटमा गएको थियो । पहिलो पटकको भूकम्प ४.१ म्याग्निच्युडको भएको केन्द्रले जनाएको छ । 

त्यस्तै, दोस्रो पटक भूकम्प सोमबार राती नै करिब साढे ७ घण्टाको फरकमा बिहान ४ बजेर ५३ मिनेटमा गएको थियो । त्यसबेला ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन  ।

यसो त जाजरकोटको पैंकलाई नै केन्द्रबिन्दु बनाएर गत चैत २१ गते पनि दुई पटक भूकम्प गएको थियो । त्यसबेला पहिलो पटक गएको भूकम्प ५.२ र दोस्रो पटक गएको भूकम्प ५.५ म्योनिच्युडको रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register