सालीले भेना र देवरले भाउजूलाई सिस्नु लगाएर बिसु पर्व मनाए

डोटी।  सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा सोमबार  वैशाख १ गते दिनभरी सालीले भेना र देवरले भाउजूलाई सिस्नो पानी लगाएर बिसुपर्व मनाएका छन् । साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व यहाँ प्रत्येक वर्ष सिस्नु पानी खेलेर मनाइँदै आएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् ।  बिसु पर्व […]

Apr 15, 2025 - 07:01
 0
 सालीले भेना र देवरले भाउजूलाई सिस्नु लगाएर बिसु पर्व मनाए

डोटी। 

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा सोमबार  वैशाख १ गते दिनभरी सालीले भेना र देवरले भाउजूलाई सिस्नो पानी लगाएर बिसुपर्व मनाएका छन् ।

साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व यहाँ प्रत्येक वर्ष सिस्नु पानी खेलेर मनाइँदै आएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । 

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु पनि अहिले गाउँघरमा आएपछि गाउँमा निकै रमाइलो भएको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीयवासी ललित विष्टले बताए । उनले भने, “अहिले गाउँ घरमा परदेशिएकाहरु घरमा आएका छन् । आज गाउँमा सालीले भेना र देवरले भाउजूलाई सिस्नो पानी लगाएर बिसुपर्व मनाए रमाइलो भयो ।”

आजको दिन सालीले भेना र देवरले भाउ जुलाई सिस्नो पानी लगाएर वर्षभरीमा रोगब्याधि नलाग्ने र माया ममता पनि बढ्ने भएकाले सिस्नु पानी लगाउने चलन रहेको अर्का स्थानीय दीर्घबहादुर साउँदले बताए  ।

उनले भने, “बिसु पर्व भनेको सुदूरपश्चिमवासीको मौलिक तथा सांस्कृतिक पर्व हो । आजको दिन सिस्नो नलाए रोग व्यात्रि लाग्ने भन्ने जन विश्वास छ । त्यसैले पनि सिस्नु अनिवार्य लगाउनु पर्छ ।”

यसैगरी बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ ।

वैशाख महिना शुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिषु मनाउने प्रचलन रहेको संस्कृतिबिद डा.बद्रीप्रसाद बिनाडीले बतए । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नयाँ बर्षलाई बिसु पर्व मानेर खुसीयाली मनाउने चलन चल्दै आएको छ । वैशाख १ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै बिशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहेको डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताए ।

यहाँका अधिकांस गाउँघरमा देवर–भाउज्र, नन्द–भाउजू, साली–भिनाजु, फुपु–सालीहरुकाबीचमा पनि सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन रहेको छ । यस दिन सुदूरका विभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ । 

यस्तो गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने बिश्वास रहेको केआइसिंह गाउँपालिका स्थित दल्लका स्थानीय सेरबहादुर ऐर सेरुले बताए । उनले भने, “जंगलबाट लौरो काटेर ल्याउने र त्यसलाई रंग रोगनद्वारा आकर्षक बनाई प्रत्येकको घरमा वर्षभरी राख्ने चलन छ । यस लौरोलाई स्थानीय भाषामा ‘बिस्या लठ्ठी’ भन्ने गरिन्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register