बलुचिस्तान विस्फोटमा तीन जना प्रहरीको मृत्यु, १६ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो । दुई जना घाइतेको अवस्था गम्भीर छ […]

Apr 15, 2025 - 14:21
 0
बलुचिस्तान विस्फोटमा तीन जना प्रहरीको मृत्यु, १६ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो ।

दुई जना घाइतेको अवस्था गम्भीर छ । सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी–मेङ्गल (बीएनपी–एम) द्वारा आयोजना गरिएको धर्नाको सुरक्षामा खटिएको थियो ।

घटनापछि बोलन मेडिकल कलेज अस्पताल र क्वेटा सिभिल अस्पतालमा आपतकालीन व्यवस्था मिलाइएको छ ।सरकारले घटनाको छानबिन सुरु गरेको र विस्तृत प्रतिवेदन मागिएको छ ।

बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुग्टीले घटनाको कडा निन्दा गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । उनले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उपचार कार्यको प्रत्यक्ष निगरानी गर्न भने ।

मुख्यमन्त्री बुग्टीले स्पष्ट रूपमा भने, “घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य हुने छैन । घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगिन दिइने छैन ।”

हालसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर जनसंख्याको हिसाबले सानो प्रान्त हो, जहाँ विगतका वर्षहरूमा सुरक्षाकर्मीलाई लक्षित गरी हिंसात्मक गतिविधि भइरहेका छन् । यस्ता घटनाहरूलाई पृथकतावादी समूहसँग जोडिने गरिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register