संसद् अवरोध हटाउन ओली- देउवाले गरे  प्रचण्डलाई आग्रह, माओवादीले दिएन कुनै जवाफ

काठमाडौं । सत्ता गठबन्धनले संसद् अवरोध हटाउन प्रतिपक्षीलाई आग्रह गरेको छ । गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोधको अगुवाई गरिरहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई सत्ता गठबन्धनले अवरोध हटाउन आग्रह गरेको हो । सिंहदरबारमा सत्ता गठबन्धनकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए […]

Jun 2, 2025 - 13:42
 0
संसद् अवरोध हटाउन ओली- देउवाले गरे  प्रचण्डलाई आग्रह, माओवादीले दिएन कुनै जवाफ

काठमाडौं । सत्ता गठबन्धनले संसद् अवरोध हटाउन प्रतिपक्षीलाई आग्रह गरेको छ ।

गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोधको अगुवाई गरिरहेको प्रमुख प्रतिपक्षी माओवादी केन्द्रलाई सत्ता गठबन्धनले अवरोध हटाउन आग्रह गरेको हो । सिंहदरबारमा सत्ता गठबन्धनकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

उक्त छलफलमा सत्ता गठबन्धनले सदनको अवरोध हटाउन आग्रह गरेको बैठकमा सहभागि माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले जानकारी दिए । ‘उहाँहरूले सदन खुलाउन आग्रह गर्नुभयो । हामीले कुनै पनि निर्णय दिएका छैनौँ । गृहमन्त्रीले  सुशासनलाई ख्याल गर्दै राजीनामा गर्नुपर्छ भन्ने यसअघिकै अडान भने बैठकमा राख्यौँ,’ पाण्डेले भने ।

संसद्को अवरोध हटाउनेबारे अन्य विपक्षी दलसँग छलफल गरेर निर्णयमा पुग्ने जानकारी माओवादी केन्द्रले सत्ता गठबन्धनलाई गराएको छ । बैठकमा गणतन्त्र रक्षाका लागि एकजुट भएर अघि बढ्ने निर्णय लिएको पाण्डेले बताए । भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित अध्यागमनका कर्मचारीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएसँगै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग विपक्षीहरूले राख्दै आएका छन् । गृहमन्त्रीले भने कर्मचारीको गल्तीमा आफुले राजीनामा दिनुनपर्ने तर्क गर्दै आएका छन् । उनले आफु अन्यायमा परेको भन्दै न्याय पाउनुपर्ने माग पनि राख्दै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register