शहीद स्मृति केन्द्रको अवलोकनमा प्रचण्ड : सालिकमा माल्यार्पण

बर्दघाट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् । अवलोकन भ्रमणको क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शहीद सूर्यविक्रम थापा ‘सलिम’को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । उक्त कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो । थापा माओवादी ‘जनयुद्ध’का क्रममा २०६० […]

Apr 16, 2025 - 06:32
 0
शहीद स्मृति केन्द्रको अवलोकनमा प्रचण्ड : सालिकमा माल्यार्पण

बर्दघाट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन गरेका छन् ।

अवलोकन भ्रमणको क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले शहीद सूर्यविक्रम थापा ‘सलिम’को सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उक्त कार्यक्रममा पार्टीका अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।

थापा माओवादी ‘जनयुद्ध’का क्रममा २०६० सालमा चितवनमा मारिएका थिए । उनको योगदानको सम्मानस्वरुप निर्मित स्मृति केन्द्रले यस क्षेत्रमा स्वास्थ सेवा प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register