सरकारको सुशासनमा केसीको व्यङ्ग्य : कुरा गरौँ चित्त फाट्ने, नाँच गरौँ घाँघर फाट्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको सुशासनप्रति व्यङ्ग्य गरेका छन् । बुधबारकाे संसद् बैठकमा उनले सरकारले सुशासनको कर्णप्रिय कुरा गरे पनि सुशासनको कुरा कसैले नपत्याउने उनले बताए । ‘सरकारले कुरा त राम्रै गर्छ । सुशासनको कर्णप्रिय कुरा गरेको छ । तर स्थिति कस्तो छ भने कुरा गरौँ चित्त फाट्ने, नाँच गरौँ घाँघर फाट्ने,’ […]

Mar 12, 2025 - 07:18
 0
सरकारको सुशासनमा केसीको व्यङ्ग्य : कुरा गरौँ चित्त फाट्ने, नाँच गरौँ घाँघर फाट्ने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको सुशासनप्रति व्यङ्ग्य गरेका छन् ।

बुधबारकाे संसद् बैठकमा उनले सरकारले सुशासनको कर्णप्रिय कुरा गरे पनि सुशासनको कुरा कसैले नपत्याउने उनले बताए । ‘सरकारले कुरा त राम्रै गर्छ । सुशासनको कर्णप्रिय कुरा गरेको छ । तर स्थिति कस्तो छ भने कुरा गरौँ चित्त फाट्ने, नाँच गरौँ घाँघर फाट्ने,’ उनले व्यङ्ग्य गरे ।

संसद् छलेर अध्यादेश ल्याउने सरकारले सुशासनको कुरा गर्न नसुहाउने केसीले बताए । सात महिनासम्म सम्पत्तिको विवरण बुझाउन नसक्ने सरकारले सुशासनका कुरा गर्न नसुहाउने उनको भनाइ छ । ‘सात महिनासम्म आफ्नो सम्पत्ति बुझाउन नसक्ने सरकारले सुशासनका ठुला कुरा गर्न सुहाउँदैन,’ उनले भने ।

लोकतन्त्रमा लोकतन्त्र विरोधी शक्तिबाट नभएर लोकतान्त्रिक पक्षधरबाटै खतरा रहेको केसीले बताए । आफ्ना कमीकमजोरी सुधार गरेर अघि बढ्न उनले सुझाव दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register