प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, काङ्ग्रेस सभापति देउवाद्वारा समवेदना व्यक्त

काठमाडौं । प्रजातन्त्र सेनानी मोतिकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली काङ्ग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति काठमाडौंमा निधन भएको हो । विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । श्रेष्ठको आजै (बुधबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । […]

Apr 16, 2025 - 07:25
 0
प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, काङ्ग्रेस सभापति देउवाद्वारा समवेदना व्यक्त

काठमाडौं । प्रजातन्त्र सेनानी मोतिकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली काङ्ग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति काठमाडौंमा निधन भएको हो ।

विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । श्रेष्ठको आजै (बुधबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

यसैबीच, काङ्ग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register