कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जाेशीलाई प्रदान गरिने

ललितपुर । जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जाेशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ । इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गर्न लागेको हो । सो सभाको सभाध्यक्ष इतिहासविद् प्रा.डा त्रिरत्न मानन्धर र प्रमुख अतिथी नेपाल भाषा […]

Apr 16, 2025 - 11:45
 0
कदम पुरस्कार राजवंशी र हरिराम पुरस्कार जाेशीलाई प्रदान गरिने

ललितपुर ।

जोशी रिसर्च इन्ष्टिच्यूटद्वारा यस वर्षको कदम पुरस्कार अभिलेखविद् डा.श्यामसुन्दर राजवंशी र हरिराम जाेशी पुरस्कार– २०८१ अनुसन्धानकर्ता पद्मसुन्दर जोशीलाई प्रदान गरिने भएको छ ।

इन्ष्टिच्यूटले विहीबार पाटन दरबार क्षेत्रस्थित पाटन संग्रहालयमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गर्न लागेको हो । सो सभाको सभाध्यक्ष इतिहासविद् प्रा.डा त्रिरत्न मानन्धर र प्रमुख अतिथी नेपाल भाषा अकाडेमीका चान्सलर तथा लेखक मल्ल के सुन्दर हुने छन् ।

नेपालको संस्कृति र इतिहासको क्षेत्रमा गरेको गहन अनुसन्धानलाई कदर गरी सो पुरस्कार दिने निर्णय गरेको इन्ष्टिच्यूटले जनाएको छ । जीवनभर इतिहास, संस्कृति, धर्म, दर्शनको अनुसन्धानमा सक्रिय जोशीले त्यस कार्यमा लाग्नेहरुलाई चार वर्षदेखि पुरस्कार दिँदै आएको छ । गत वर्ष कदम पुरस्कार साहित्यकार तथा कवि मोहन दुवाल र प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठ हरिराम जोशी पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारको नगद राशि २५ / २५ हजार रहेको छ ।

अभिलेखविद् राजवंशी नेपालको पुरातत्व, लिपि, संवत् र इतिहासको क्षेत्रका गहन अनुसन्धानकर्ता हुन । पुरातत्वविद् समेत रहेका राजवंशीका बुबा शंकरमान राजवंशीको संगत र स्वाध्यायनबाटै अभिलेखविद् बनेका राजवंशी नेपाली इतिहास लेखनमा तथ्यसहित फरक राख्ने इतिहासकार हुन् । २०४० सालमा लिपिविद्का रूपमा पुरातत्व विभागमा प्रवेश गरेका राजवंशीले ३५ वर्षको अवधिमा ३० भन्दा बढी लिच्छविकालका अप्रकाशित शिलालेखको अध्ययन गरी इतिहासका तथ्यहरु उजागर गरेका थिए । यही विषयमा उनले त्रिभुवन विश्वविद्यालयबाट विधावारिधि गरेका थिए।

त्यसैगरी शहरी विकास योजनाकार समेत रहेका जोशी काठमाडौं उपत्यकाका हिटी प्रणालीका अध्येयता हुन् । ।हिटी प्रणाली भनेको उपत्यकाको सम्पन्न जल व्यवस्थापन प्रणाली हो।जोशीको प्रकाशित हिटी प्रणाली पुस्तकमा किराँत र लिच्छिवीकालदेखि प्रचलनमा रहेको काठमाडौं उपत्यकाको विभिन्न बस्ती र ठाउँमा रहेको पोखरी त्यसले समग्र पर्यावरसंगै हिटी अर्थात् ढुंड्डेधाराको पानी रिचार्जमा प्रक्रियामा पु¥याएको असर विषयमा समेटिएका्े छ । सो पुस्तक ढुंगेधारा र उपत्यकाको पानी प्रणाली संरक्षणको दस्तावेजका रूपमा मात्रै नरहेर लोप भएका सम्पदा पहिचान गर्ने स्रोतसमेत रहेको छ ।

सो इन्ष्टिच्यूट संस्कृति शिरोमणी हरिराम जोशीले आफ्ना बुबा भारतराम जोशीको स्मृतिमा २०३७ सालमा स्थापना गरेका थिए । सो इन्ष्टिच्यूटका नेपाली संस्कृति, इतिहास, धर्म सम्बन्धी ४० वटा भन्दा बढी पुस्तक प्रकाशित छन्। वि.सं २०५९ मा हरिराम जोशीलाई मदन पुरस्कारका लागि छनौट गरिएको पुस्तक अभिनव संस्कृति कोष पनि सो इन्ष्टिच्यूटले प्रकाशित गरेको थियो।इन्ष्टिच्यूटबाट ३१ वर्षसम्म अनुसन्धात्मक त्रैमासिक जर्नल रोलम्ब प्रकाशित भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register