आप्रवासी रोक्न अमेरिकी सेनालाई मेक्सिकोको सीमामा खटाइने

एजेन्सी। अवैध आप्रवासीहरूको बाढी रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई मेक्सिकोसँगको दक्षिणी सीमामा खटाउने निर्णय गरेका छन्। यो निर्णयअनुसार एरिजोना र न्यू मेक्सिको राज्यमा करिब १७० माइल लामो क्षेत्रलाई राष्ट्रिय रक्षा क्षेत्र घोषित गरिएको छ, जहाँ सेनाले गस्ती गर्नेछ। यो क्षेत्र फोर्ट हुचुका सैन्य अड्डाको विस्तारको रूपमा मानिनेछ, जसको अर्थ यो हो कि यस क्षेत्रमा […]

Apr 16, 2025 - 13:30
 0
आप्रवासी रोक्न अमेरिकी सेनालाई मेक्सिकोको सीमामा खटाइने

एजेन्सी।

अवैध आप्रवासीहरूको बाढी रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई मेक्सिकोसँगको दक्षिणी सीमामा खटाउने निर्णय गरेका छन्। यो निर्णयअनुसार एरिजोना र न्यू मेक्सिको राज्यमा करिब १७० माइल लामो क्षेत्रलाई राष्ट्रिय रक्षा क्षेत्र घोषित गरिएको छ, जहाँ सेनाले गस्ती गर्नेछ।

यो क्षेत्र फोर्ट हुचुका सैन्य अड्डाको विस्तारको रूपमा मानिनेछ, जसको अर्थ यो हो कि यस क्षेत्रमा प्रवेश गर्ने जो–कसैलाई सैनिकहरूले पक्राउ गर्न सक्नेछन् र पछि उनीहरूलाई कानुनी निकायमा बुझाइनेछ।

यस कदमलाई धेरै कानुनी विश्लेषकहरूले आलोचना गर्दै पोसे कमिटाटस ऐनको उल्लंघन गर्न खोजिएको जनाएका छन् । पोसे कमिटाटस ऐन जसले सेनालाई नागरिक कानुन कार्यान्वयन गर्न रोक लगाउँछ। तर ट्रम्प प्रशासनले यसलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक कदम भनेको छ।

पोसे कमिटाटस ऐन भनेको के हो ? पोसे कमिटाटस ऐन सन् १८७८ मा स्थापित एक अमेरिकी संघीय कानून हो जसको मुख्य उद्देश्य अमेरिकी सेनालाई नागरिक कानून कार्यमा संलग्न हुनबाट रोक्नु हो। संघीय सरकारले चाहेर पनि सामान्य अवस्थामा सेना प्रयोग गरेर जनतालाई नियन्त्रण गर्न सक्दैन।

ह्वाइट हाउसकी छापा चिव क्यारोलिन लेविटले पत्रकारहरुलाई भनिन्, “यो नयाँ रक्षा क्षेत्रले आप्रवासी, आपराधिक गिरोह र आतंकवादीलाई पक्रन सजिलो बनाउनेछ। फेन्टानिलजस्ता घातक लागूपदार्थको ओसारपसार पनि रोक्न सहयोग पुर्‍याउनेछ।”

तर यस निर्णयले सीमा सुरक्षा कडा बनाउने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register