एनआरएनए यूके सदस्यता अभियानमा स्कटल्याण्डका लागि सात जनालाई जिम्मेवारी

लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालका लागि सदस्यता अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले स्कटल्याण्डका लागि सात जनालाई जिम्मेवारी दिइएको छ। डनफर्मलाइनका लागि काशीराम भण्डारी, दिवाकर पाण्डे, एडिनबराका लागि कमला श्रेष्ठ, शेरबहादुर खत्री, ग्लास्गोका लागि रामप्रसाद कँडेल, कल्याण अर्याल र आबर्डिनका लागि हेमराज पहारीलाई जिम्मेवारी दिइएको छ । उनीहरूले आ–आफ्नो क्षेत्रमा सदस्यता सम्बन्धी सूचना […]

May 30, 2025 - 21:04
 0
एनआरएनए यूके सदस्यता अभियानमा स्कटल्याण्डका लागि सात जनालाई जिम्मेवारी

लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालका लागि सदस्यता अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले स्कटल्याण्डका लागि सात जनालाई जिम्मेवारी दिइएको छ।

डनफर्मलाइनका लागि काशीराम भण्डारी, दिवाकर पाण्डे, एडिनबराका लागि कमला श्रेष्ठ, शेरबहादुर खत्री, ग्लास्गोका लागि रामप्रसाद कँडेल, कल्याण अर्याल र आबर्डिनका लागि हेमराज पहारीलाई जिम्मेवारी दिइएको छ ।

उनीहरूले आ–आफ्नो क्षेत्रमा सदस्यता सम्बन्धी सूचना प्रवाह, सदस्यता संकलन, समन्वय र अभियानको निगरानी गर्ने कार्यमा सक्रिय भूमिका खेल्नेछन्।

संघका अध्यक्ष हित काजी गुरुङ र सदस्यता अभियान संयोजक उपाध्यक्ष मनिष खत्रीद्वारा जारी विज्ञप्तिमा सदस्यता प्रक्रिया पारदर्शी, समावेशी र प्राविधिक रुपमा सरल बनाउन संयोजकहरूलाई स्पष्ट दिशानिर्देश दिइएको उल्लेख छ ।

सदस्यता अभियानमार्फत एनआरएनए यूकेमा नेपाली समुदायको व्यापक सहभागिता सुनिश्चित गर्दै आगामी निर्वाचनका लागि सवल आधार निर्माण गर्ने उद्देश्य राखिएको छ। एनआरएनए यूकेको नेतृत्वले अभियान सफल बनाउन सबै क्षेत्रीय समितिहरू, समुदाय, संघसंस्थालाई सहकार्य र समर्थन गर्न आह्वान गरेको छ।

संस्थाको नयाँ सदस्यता तथा नवीकरणका लागि समयसीमा जुन २५ तारिख मध्यरातसम्म गर्ने निर्णय गरेको महासचिव गोविन्द खरेलले जानकारी दिए ।

गत बुधबार अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले यसअघि निर्धारित मिति सच्याउंदै २६ जुलाईमा निर्वाचन र २७ तारिख १२ औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register