प्रभु बैङ्क र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक सम्झौता

पोखरा । प्रभु बैङ्क लिमिटेड र पोखरा महानगरपालिका-९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । कास्कीलगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैङ्किङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोबारमा सहजीकरणको उद्देश्यलाई […]

Apr 17, 2025 - 07:28
 0
प्रभु बैङ्क र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक सम्झौता

पोखरा । प्रभु बैङ्क लिमिटेड र पोखरा महानगरपालिका-९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ ।

कास्कीलगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैङ्किङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोबारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैङ्क र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा कृषि बजारका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैङ्कका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरे ।

उक्त सम्झौताले व्यवसायीहरुलाई दैनिक कारोवार नगदरहित बनाउने उद्देश्यका साथ क्यूआर कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ । यसका साथै बैङ्कले कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register