सुपर-४ मै रोकियो नेपालको यात्रा, बङ्गलादेशसँग ९ विकेटले पराजित

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । शुक्रबार मलेसियामा भएको खेलमा नेपाल बङ्गलादेशसँग ९ विकेटले पराजित भएको हो । यससँगै फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ । नेपालले दिएको ५५ रनको सामान्य लक्ष्य बङ्गलादेशले ९.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । बङ्गलादेशका लागि फाहोमिदा चोयाले २६ रन […]

Dec 20, 2024 - 09:35
 0
सुपर-४ मै रोकियो नेपालको यात्रा, बङ्गलादेशसँग ९ विकेटले पराजित

काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

शुक्रबार मलेसियामा भएको खेलमा नेपाल बङ्गलादेशसँग ९ विकेटले पराजित भएको हो । यससँगै फाइनलमा पुग्ने नेपालको सपना चकनाचुर भएको छ ।

नेपालले दिएको ५५ रनको सामान्य लक्ष्य बङ्गलादेशले ९.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । बङ्गलादेशका लागि फाहोमिदा चोयाले २६ रन बनाइन् ।

नेपालका लागि कुशुम गोदारले एक विकेट लिइन् ।

यसअघि वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ५४ रन बनाएको थियो ।

नेपालका लागि सावित्री धामीले ११, कप्तान पूजा महतोले ९, एलिसाकुमारी यादवले ८ र ओपनर सना प्रविनले ४ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालका तीन खेलाडी रनआउट भएका छन् । जसमा सना, सावित्री र सोनी पाख्रिन छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register